
गुलाबी उमरका हे! साथीहरू हो
अनौठो सफरका हे साथीहरू हो
कोहि खन्छ खोला कसैले टिपेको
गिटी त्यो बगरका हे साथीहरू हो


रहर छन् अनौठा दगुर्छन बिहानै
पदयात्री सहरका हे साथीहरू हो
थाकि सकेका कयौं यात्री देख्छु
हाम्रो गाउँघरका हे साथीहरू हो
हरायौ सबै खै कि भाग्यौ लुटेर
क्रान्ती समरका हे साथीहरू हो
