टाढाबाट हेर्नुस जिन्दगी सुन्दर जस्तै लाग्छ
नियाल्दा नियाल्दा कुरुप सहर जस्तै लाग्छ
अनौठो हुदो रहेछ, यो मान्छेको नजर पनि
कसैलाई घर त कसैलाई बगर जस्तै लाग्छ
कयौं जिन्दगीहरू बर्बाद भएको देखेको छु
प्रेम पनि मलाई आखिर समर जस्तै लाग्छ
विश्वास गुमाउनु पर्दछ केही जोगाउनु परेन
पछि त्यही वाल्मीकि रत्नाकर जस्तै लाग्छ
कसैलाई मेरो जिन्दगी विचरा! लाग्छ होला
मलाई मेरो जिन्दगी एक सफर जस्तै लाग्छ









Discussion about this post