Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा दैनिक डेंगुका बिरामी बढ्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २९, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैतडीमा डेंगुका बिरामी बढ्दै गएका छन् । जिल्लामा पछिल्लो समयमा डेंगुका बढ्दै गएकाले सतर्कता अपाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । साउन यता मात्रै बैतडीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका हेल्थ असिष्टेन्ट हेमन्त खडायतले जानकारी दिए ।

जिल्ला अस्पताल र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणमा १७ जनामा डेंगुको संक्रमण देखिएको हो । अझै गाउँगाउँमा ज्वरोका बिरामी रहेका स्क्रब टाइफस र डेंगुका बिरामी थप हुन सक्ने अनुमान गरिएको छ ।

दैनिक जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये केहीमा डेंगु संक्रमण देखिन थालेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनले भने ‘अस्पतालमा आउने बिरामी मध्ये केहीमा डेंगुको संक्रमण देखिन थालेको छ । यो समयमा सरसफाइ र खानपीनमा बिशेष ध्यान दिनुपर्ने हुन्छ ।’

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेंगुको छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा। दिपेश श्रेष्ठले बताए । उनले भने ‘हामीले अस्पतालमा आउने बिरामीहरुको रगत जाँच गरेर डेंगु भए÷ नभएको पत्ता लगाइरहेका छौं ।’

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु हुने गर्दछ । त्यसैले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । एडीस जातको पोथी लामखुट्टेले बिहान र दिउँसो मात्रै टोक्ने भएकाले पूरा बाहुला भएको कपडा लगाएर मात्रै घर बाहिर निस्किन उनले सुझाव समेत दिएका छन् ।

डेंगु रोग लागेमा कडा खालको ज्वरो आउने, मांसपेशी र जोर्नीहरु दुख्ने, टाउको दुख्ने लगायतका लक्षणहरु देखा पर्दछन् । डेंगु भइहालेमा जथाभावी औषधिको प्रयोगमा गरेमा जटील हुने भएकाले स्वास्थ्यकर्मीहरुको सुझावमा मात्रै औषधि प्रयोग गर्नुपर्नेमा स्वास्थ्य प्रमुख भट्टले जोड दिए ।

डेंगुको संक्रमण फैलनबाट रोक्न लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने हुन्छ । त्यसका लागि स्वास्थ्य कार्यालयले नमूनाका रुपमा जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरेको र पालिकाहरुले पनि यो अभियान सञ्चालन गर्नुपर्ने स्वास्थ्य प्रमुख भट्टले बताए ।

डेंगु रोगको जोखिम दिनानुदिन बढ्दै गएकाले यसबाट बच्नका लागि स्वास्थ्य सावधानी अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व