सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा दैनिक डेंगुका बिरामी बढ्दै

Far weast coaching ad
89
Sana Kishan

बैतडीमा डेंगुका बिरामी बढ्दै गएका छन् । जिल्लामा पछिल्लो समयमा डेंगुका बढ्दै गएकाले सतर्कता अपाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । साउन यता मात्रै बैतडीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका हेल्थ असिष्टेन्ट हेमन्त खडायतले जानकारी दिए ।

जिल्ला अस्पताल र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणमा १७ जनामा डेंगुको संक्रमण देखिएको हो । अझै गाउँगाउँमा ज्वरोका बिरामी रहेका स्क्रब टाइफस र डेंगुका बिरामी थप हुन सक्ने अनुमान गरिएको छ ।

Arus

दैनिक जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये केहीमा डेंगु संक्रमण देखिन थालेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनले भने ‘अस्पतालमा आउने बिरामी मध्ये केहीमा डेंगुको संक्रमण देखिन थालेको छ । यो समयमा सरसफाइ र खानपीनमा बिशेष ध्यान दिनुपर्ने हुन्छ ।’

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेंगुको छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा। दिपेश श्रेष्ठले बताए । उनले भने ‘हामीले अस्पतालमा आउने बिरामीहरुको रगत जाँच गरेर डेंगु भए÷ नभएको पत्ता लगाइरहेका छौं ।’

Karnali Traders

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु हुने गर्दछ । त्यसैले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । एडीस जातको पोथी लामखुट्टेले बिहान र दिउँसो मात्रै टोक्ने भएकाले पूरा बाहुला भएको कपडा लगाएर मात्रै घर बाहिर निस्किन उनले सुझाव समेत दिएका छन् ।

डेंगु रोग लागेमा कडा खालको ज्वरो आउने, मांसपेशी र जोर्नीहरु दुख्ने, टाउको दुख्ने लगायतका लक्षणहरु देखा पर्दछन् । डेंगु भइहालेमा जथाभावी औषधिको प्रयोगमा गरेमा जटील हुने भएकाले स्वास्थ्यकर्मीहरुको सुझावमा मात्रै औषधि प्रयोग गर्नुपर्नेमा स्वास्थ्य प्रमुख भट्टले जोड दिए ।

डेंगुको संक्रमण फैलनबाट रोक्न लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने हुन्छ । त्यसका लागि स्वास्थ्य कार्यालयले नमूनाका रुपमा जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरेको र पालिकाहरुले पनि यो अभियान सञ्चालन गर्नुपर्ने स्वास्थ्य प्रमुख भट्टले बताए ।

डेंगु रोगको जोखिम दिनानुदिन बढ्दै गएकाले यसबाट बच्नका लागि स्वास्थ्य सावधानी अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.