
डोटीमा भिरबाट लडेर एक जना वृद्धा गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते हुनेमा डोटीको शिखर नगरपालिका वडा नम्बर ३ देकुरालीकी ६० वर्षीया पवि सार्की लडेर घाइते भएकी हुन् ।
कालागाडबाट घर जाने क्रममा उनी लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी राज जोशीले बताए ।


प्रहरी निरीक्षक जोशीका अनुसार घाइते वृद्धाको टाउको र घाँटीमा चोट लागेको छ । भिरबाट लडेर करिब २ सय मिटर तल खसेकी थिइन् ।
अहिले उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको बताएको छ । गोदावरी न्युज बाट सभार
