सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनुगमनका क्रममा जफत गरिएका औषधि बैतडी अस्पताललाई हस्तान्तरण

बजार अनुगमनका क्रममा जफत गरिएका औषधि जिल्ला अस्पताल बैतडीलाई हस्तान्तरण गरिएको छ । जिल्लाका विभिन्न स्थानमा बजार अनुगमनका क्रममा जफत गरिएका औषधि जिल्ला प्रशासन कार्यालयले अस्पताललाई हस्तान्तरण गरेको हो ।

मेडिकल सञ्चालकहरुले अनुमति बिना विक्रि गर्न नपाइने औषधि मेडिकलमा राखेको पाइएकाले विभिन्न ठाउँबाट एक लाख बराबरको औषधि जफत गरिएको थियो । चिकित्सकको प्रेसकिप्सन बिना विक्रि गर्न नपाइने औषधि समेत मेडिकलहरुमा राखेको पाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

गर्भपतनको औषधि, आकस्मिक गर्भ निरोधक औषधि, सुइको माध्यमबाट दिइने औषधि र पशुहरुका औषधि समेत मेडिकलहरुमा राखेको पाइएको भट्टले बताए । अनुमति बिना राखिएका औषधि जफत गरिएका र ती औषधिहरु जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानमा रहेका ६ ओटा मेडिकलबाट करीब एक लाख बराबरको औषधि जफत गरिएको थियो । मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने खालका औषधि समेत मेडिकल सञ्चालकहरुले आफूखुसी विक्रि वितरण गरिरहेको पाइएको छ । अनुगमनका क्रममा त्यस्ता औषधि विक्रि वितरण नगर्न समेत संयुक्त बजार अनुगमन समितिले सचेत गराएको छ ।

बजार अनुगमनका क्रममा ६ ओटा मेडिकलमा अनुगमन गरिएको र दुईओटा मेडिकललाई सिल गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । उनले भने ‘अनुगमनका क्रममा हामीले प्रक्रिया नपुर्याइ सञ्चालन गरेका मेडिकलहरु सिल गरेका छौं । कागजपत्र ल्याएर जिल्ला प्रशासनमा उपस्थित हुन भनेका छौं ।’

नेपाल सरकारले सूचीकृत गरेका दक्ष जनशक्ति भएका स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतनको सेवा रहेको छ । यी बाहेक मेडिकलबाट गर्भपतन गराउने औषधि बिक्री गरेमा औषधि ऐन २०३५ अनुसार ५० हजार रुपियाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । यस्ता अनधिकृत औषधि सेवन गरेर कसैको ज्यान गएमा ज्यानसम्बन्धी कसुर लाग्ने व्यवस्था समेत रहेको छ । तर मेडिकल सञ्चालकहरुले आफूखुसी यस्ता औषधि विक्रि गरिरहेको पाइएकाले औषधि जफत गरिएको बताइएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.