Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अनुगमनका क्रममा जफत गरिएका औषधि बैतडी अस्पताललाई हस्तान्तरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २२, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बजार अनुगमनका क्रममा जफत गरिएका औषधि जिल्ला अस्पताल बैतडीलाई हस्तान्तरण गरिएको छ । जिल्लाका विभिन्न स्थानमा बजार अनुगमनका क्रममा जफत गरिएका औषधि जिल्ला प्रशासन कार्यालयले अस्पताललाई हस्तान्तरण गरेको हो ।

मेडिकल सञ्चालकहरुले अनुमति बिना विक्रि गर्न नपाइने औषधि मेडिकलमा राखेको पाइएकाले विभिन्न ठाउँबाट एक लाख बराबरको औषधि जफत गरिएको थियो । चिकित्सकको प्रेसकिप्सन बिना विक्रि गर्न नपाइने औषधि समेत मेडिकलहरुमा राखेको पाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

गर्भपतनको औषधि, आकस्मिक गर्भ निरोधक औषधि, सुइको माध्यमबाट दिइने औषधि र पशुहरुका औषधि समेत मेडिकलहरुमा राखेको पाइएको भट्टले बताए । अनुमति बिना राखिएका औषधि जफत गरिएका र ती औषधिहरु जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानमा रहेका ६ ओटा मेडिकलबाट करीब एक लाख बराबरको औषधि जफत गरिएको थियो । मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने खालका औषधि समेत मेडिकल सञ्चालकहरुले आफूखुसी विक्रि वितरण गरिरहेको पाइएको छ । अनुगमनका क्रममा त्यस्ता औषधि विक्रि वितरण नगर्न समेत संयुक्त बजार अनुगमन समितिले सचेत गराएको छ ।

बजार अनुगमनका क्रममा ६ ओटा मेडिकलमा अनुगमन गरिएको र दुईओटा मेडिकललाई सिल गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । उनले भने ‘अनुगमनका क्रममा हामीले प्रक्रिया नपुर्याइ सञ्चालन गरेका मेडिकलहरु सिल गरेका छौं । कागजपत्र ल्याएर जिल्ला प्रशासनमा उपस्थित हुन भनेका छौं ।’

नेपाल सरकारले सूचीकृत गरेका दक्ष जनशक्ति भएका स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतनको सेवा रहेको छ । यी बाहेक मेडिकलबाट गर्भपतन गराउने औषधि बिक्री गरेमा औषधि ऐन २०३५ अनुसार ५० हजार रुपियाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । यस्ता अनधिकृत औषधि सेवन गरेर कसैको ज्यान गएमा ज्यानसम्बन्धी कसुर लाग्ने व्यवस्था समेत रहेको छ । तर मेडिकल सञ्चालकहरुले आफूखुसी यस्ता औषधि विक्रि गरिरहेको पाइएकाले औषधि जफत गरिएको बताइएको छ । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व