सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बैतडीमा पुरुष र महिला भलिबल खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बैतडीबाट भलिबलका लागि महिला र पुरुष खेलाडी छनोट गरिएका छन् । प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि जिल्लाबाट १२÷१२ जना खेलाडी छनोट भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए ।

मेलौली खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट खेलाडीहरु छनोट गरिएका छन् । पुरुष भलिबल तर्फ दिनेश चन्द, राकेश साउँद, रोशन चन्द, धनबहादुर महरा, विनोद चन्द, गोविन्द साउँद, सुरेन्द्र भाट, गणेश साउँद, कल्पेश चन्द, गम्भीर साउँद, करन चन्द र विकास बिष्ट छनोट भएका छन् ।

यस्तै महिला भलिबल तर्फ दुरा भट्ट, सम्झना चन्द, बेलु भट्ट, सीता चन्द, सुनिता साउँद, बेलु चन्द, सरीता चन्द, सरस्वती भट्ट, उर्मिला कठायत, मनिषा चन्द, निला चन्द र खगेश्वरी धामी छनोट भएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने तय भएको छ ।

 

सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.