सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा क्रिकेट खेलाडी छनोटको मिति परिवर्तन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।

यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेखि गर्ने निर्णय भएसँगै जिल्लास्तरीय छनोट पनि अघि गर्न लागिएको जनाइएको छ ।

Sana Kishan

जिल्लास्तरीय पुरुष र महिला क्रिकेट छनोट प्रतियोगिता भदौ १० गते देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए । यसअघि भदौ १४ गते देहिमाडौँ खेलमैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएकामा परिवर्तन गरिएको हो । अन्य छनोट प्रतियोगिता भने साबिककै मिति अनुसार हुने बैतडी जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीले बताए ।

World Link Ads
Mahakali Polytechnic

पहिलो दिन महिला र पुरुष टेबलटेनिस, बुद्धिचाल, पुरुष भारत्तोलन , महिला र पुरुष कराँते, महिला र पुरुष तेक्वान्दो छनोट सदरमुकाममा हुनेछ । दोस्रो दिन सदरमुकाममै पुरुष र महिला ब्याडमिन्टन, महिला र पुरुष्ष उस्सु फुल कन्टयाक्ट कराँतेको छनोट हुनेछ । यस्तै भदौ १२ गते मेलौली खेल मैदानमा महिला र पुरुष भलिबल छनोट हुने बैतडी जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Dirghayu Ads

यस्तै भदौ १३ गते पाटन खेल मैदानमा महिला ÷पुरुष कबड्डी , महिला ÷पुरुष एथलेटिक्स, पुरुष फुटबल, पुरुष बक्सिङको छनोट हुनेछ । छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२५ खेलाडीले आवेदन भरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.