कसैसँग रुप छ, यहाँ कसैसँग धन छ
कसै-सँग पाखुरा त कसैसँग वदन छ
पहिलो भेटमै भनेको थियौ, थाहा छ
केही छैन भने आवारा भन्ने चलन छ
मौका मिले सङ्गत गर्ने थाहा पाउछौ
हाम्रो दुनियाँमा को कति सज्जन छ
कसरी जोडिएको रहेछ यो सम्बन्ध
न कुनै नाता छ न त आफ्नो पन छ
विचार मिल्नु पर्दैन, सिद्धान्त नहोस
केबल स्वार्थ मिलोस यहीँ गन्थन छ









Discussion about this post