गरुँला चुक्ता हिसाब पाइ-पाइ सोचिरहेछु
बेकार लडिएछ नि त्यो लडाइ सोचिरहेछु
अब के सम्झिन्थ्यौ कमरेड तिनका दुःख
जो दिन्थे खाना आफू नखाइ सोचिरहेछु
खुब क्रान्तिका कुरा गर्ने उहिले हामीलाई
चौरमा बटुलेर मान्छे गाइ गाइ सोचिरहेछु
एकदिन घमण्ड जल्छ खरानी हुन पक्कै
कोहि हिम्मत गर कोर्न सलाइ सोचिरहेछु
अहिले पदमा छौ सबैले नमस्कार गर्दा हुन
बिर्से सडकमा हुदाका दाजुभाइ सोचिरहेछु









Discussion about this post