सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

दार्चुलामा जिप दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप आज दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा परेको थियो ।

Sana Kishan

यस्तै दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करीब २५० मिटर तल खसेको बताइएको छ । सगुन खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.