सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी : पासोमा फसेको चितुवा मर्‍यो

बैतडीमा पासोमा फसेको अवस्थामा फेला परेको चितुवा मरेको छ । आज बुधवार बिहान फेला परेको चितुवा दिउँसो मरेको जिल्ला प्रहरी कार्यालयल बैतडीले जनाएको छ ।

Sana Kishan

दशरथचन्द नगरपालिका ४ बिनासौमा बँदेलको लागि थापेको पासोमा चितुवा परेको थियो । पासोमा फसेको चितुवाको उद्धार गरी खोरभित्र राखेपछि मरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत रहेका छन् । बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने टोली भने घटनास्थलमा पुगेको छैन ।

बँदेलले मकै नष्ट गर्न थालेपछि बाली जोगाउनका लागि किसानले पासो थापेको र त्यही पासोमा चितुवा परेको थियो । बैतडीमा जङ्गली जनावरले किसानले लगाएको बालीनाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । बँदेल, दुम्सी र बाँदरलगायतका जनावरले किसानको बाली नष्ट गर्ने गरेका छन् । जयराज अवस्थीले उज्यालो अनलाइनमा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.