उनकै प्रहारहरूले यो मन छिया छिया भयो
मेरो साथ उनको लागि चामलमा बियाँ भयो
अरुको जात, धर्म,लिङ्ग नमिलेर बिग्रेको छ
मेरो सबै मिलेर मिलेन आफ्नै गोतिया भयो
दलालले घेरिएको देखिन्छ सौदा बाजी गर्छ
लाग्दैछ आजकल यहीँ उसको दुनियाँ भयो
तिमीलाई सत्ताको मालिक बनाउछु भन्थ्यो
आखिरमा गएर आफू उसको हलिया भयो
तिमी त्यस्तैमा रमाउन सिकेछौ अपशोच छ
सोच्दैछु तिम्रो सोच कसरी यति घटिया भयो









Discussion about this post