सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको मणिलेक माविमा पनि विद्यार्थी बेहोस् हुने समस्या

बैतडीका मणिलेक माविमा पनि विद्यार्थी बेहोस् हुने समस्या हुदै आएको छ । जसले गर्दा पठनपाठनमा प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेका छन् ।

विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले बताए । गत हप्तादेखि छात्रामा यो समस्या देखिएको जनाइएको छ । उनले भने,“दैनिक चार÷पाँच छात्रामा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा बढीजसो यो लक्षण देखिएको छ । १२ देखि १४ उमेर समूहमा छात्रामा बढी समस्या छ ।” विद्यार्थीमा दैनिक बेहोस् हुने समस्या देखिन थालेपछि पठनपाठनकार्य प्रभावित भएको प्रअ बागको भनाइ छ।

Sana Kishan

बिद्यालयमा एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ । एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि लगत्तै देखिन्छ । छात्रामा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मी पनि सोधेको उनले बताए । छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ ।

World Link Ads
Mahakali Polytechnic

यस अघि दार्चुला, बझाङमा पनि सो समस्या देखा परेको थियो । बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.