Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २४, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ

।“गाउँगाउँमा स्याउँ उत्पादन राम्रो भएको छ”, अपी हिमाल गाउँपालिका– ४ का स्थानीय जनक ठेकरले भने, “केही समयपछि स्याउ बजारमा आउने अवस्थामा पुगेको छ ।” स्याउको हरेक बोटमा लटरम्म फलेका छन् । अहिले सदरमुकाम खलङ्गामा भारतबाट आयात हुने स्याउ दुई सय ५० प्रतिकेजी पुगेको छ । तर जिल्लाभरि उत्पादन हुने स्याउ सदरमुकामसम्म ल्याउन किसानलाई बाटो नहुँदा समस्या छ । “गाउँ नजिक बजार छैन्”, स्याउ कृषक कपुरसिंह धामीले भने, “खलङ्गा ल्याउन ढुवानीमै समस्या छ ।” सडक सञ्जाल नजोडिएको कारण पनि स्याउ बजारमा ल्याएर बिक्री गर्न सकिने अवस्था छैन ।

दार्चुला ब्यासको छाङ्गरु तथा गागामा हजारौँ बिरुवा स्याउ लगाइएकोमा त्यसबाट राम्रो फल लागेको छ । तर यहाँ उत्पादन भएका स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो नहुँदा किसान मर्कामा परेका छन् । स्याउ जोन दार्चुलाका कार्यालय प्रमुख विष्णुप्रसाद ओझाका अनुसार हरेक वर्ष स्याउ उत्पादन क्षेत्र बढ्दै गएको छ । किसानले उत्पादन बढाउँदै लगेका छन् ।

किसानले उत्पादन गरेको स्याउ बजारसम्म ल्याउन भने सकिरहेका छैनन् । दुर्गम क्षेत्रमा स्याउ उत्पादन भइरहेको छ । तर सडक पहुँच नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाउन नसकेको ओझाको भनाइ छ ।जिल्लामा वार्षिक एक हजारभन्दा बढी टन स्याउ उत्पादन हुने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा नौ सय १० मेट्रिक टन र ०७७÷७८ मा एक हजार दुई सय १५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख ओझाले बताए । २०७६÷७७ मा स्याउको बोटमा किरा लाग्नु र मौसममा आएको परिवर्तनका कारण स्याउ उत्पादन घटेको उनको भनाइ छ ।

जिल्लामा गत वर्ष मात्र स्याउ जोन कार्यालयले ६ हजार पाँच सय बोट स्याउका बिरुवा किसानलाई वितरण गरेको थियो । यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन् । गोदावरी न्युज बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
दार्चुला

मालिकार्जुन गाउँपालिका दार्चुलाका लेखा प्रमुख विष्टद्वारा जन्मदिनको अवसरमा बेसहारा ज्येष्ठ नागरिकलाई खाद्यान्न 

साउन २४, २०८१
दार्चुला

सांसद दिपक सिहलाई जन्मभूमि दार्चुलाको माया : दार्चुला सदरमुकामदेखि सम्म सडक बनाउन 

बैशाख २२, २०८१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व