सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज यी क्षेत्रमा भारी वर्षा, सोमबारसम्मै पानी पर्ने

देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेशको केहि स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ भोलि र पर्सिको पूर्वानुमान :-

मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.