सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चौधर नदीको पानी बेदकोटको बस्तीमा पस्यो, उच्च जोखिममा रहेका नागरिकलाई सारियो

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ४ सार्कीपार्कीटोल स्थित चौधर नदीमा आएको बाढी बस्तीमा पसेको छ । गएराति देखिको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेर बस्ती कटान गरेको हो ।

उक्त टोलमा जोखिममा रहेको एउटा घरलाई स्थानान्तरण गरिएको छ भने अन्य ४ घरपरिवारकाहरु अझै जोखिमै रहेका छन् ।

Sana Kishan

उच्च जोखिममा रहेको कृष्ण भुलको घर सारिएको ३५ नम्बर गण शैलेश्वरीका एसपी अमर बहादुर ऐरले बताए । उनले भने, ’४ घर नदि भन्दा २५ मिटर टाढा छन् ती घर पनि जोखिममा छन् ’ । ’नदीमा पानीको बहाव बढी भएकाले कटान रोकथामको प्रयास गर्न सकिएन्’ ।

World Link Ads
Mahakali Polytechnic

लगातारको वर्षापछि आएको बाढीले सडक समेत कटान गरेको छ । सो प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान प्रयास भइरहेको छ।सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् ।

Dirghayu Ads

गणपति ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.