दार्चुलामा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । लेकम गाउँपालिका २ गराडी बस्ने ३० वर्षीया काली सार्कीको उद्दार गरिएको हो । लेकम गाउँपालिका १ सर्मोली स्वास्थ्य चौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उनले बताए । सगुन खबर बाट सभार