

नजिक आउने माया लाउने तिम्रो मात्रै रहर होइन
आलिङ्गन गर्ने हात समाउने तिम्रो मात्रै रहर होइन
यस्तै हुन्छ लेक बेसीलाई बर्खे साउन लागेपछि
डोली चढ्ने मेहन्दी लगाउने तिम्रो मात्रै रहर होइन


रहरहरू आवस्यकताहरू बदलिदै जान्छ उमेर सँगै
हात रङ्गाउने सिउँदो सजाउने तिम्रो मात्रै रहर होइन

प्रकृतिले चलाउ छिन जवानीको जादु गरी
हुन्न भन्ने नजिक आउने तिम्रो मात्रै रहर होइन
