हरियो लगाऊ, व्रत बस फरक पर्दैन
पास आऊ कुहिनो धस फरक पर्दैन
रङ्ग उमङ्गले मलाई छुन छोडी सक्यो
रातो लगाऊ खरानी घस फरक पर्दैन
गाँठो परेछ सम्बन्ध बलियो हुदै हुँदैन
तिमी फुकाऊ, चाहे कस फरक पर्दैन
पर्खालहरू भत्किए पछि हाम्रा सारा
बाहिर निस्केउ भित्र पस फरक पर्दैन
हुन्छ जहाँ धन धान्य उहीँ सर्वमान्य
पैसा भए फुत्केउ फस फरक पर्दैन









Discussion about this post