

मलाई कसैसँग वैरभाव छैन, रिस राग छैन
कसैसँग कुनै आशा नि छैन, कुनै माग छैन
जीवनदर्शन र गन्तव्य राम्रो ज्ञात छ मलाई
अरुले के बुझ्दछन खै लाग्दो हो खाग छैन

काग र कोइली प्रतीक हुन् सुनिन्छ मलाई
कसले सुन्छ? मेरो कोइली छैन, काग छैन


कर्म नै मेरो भक्ती हो, कर्म नै मेरो ईश्वर हो
आराधना गर्न मसँग सगुन, छैन फाग छैन
व्याधा र प्यादाले बुझ्नु पर्दथ्यो, दुनियाँमा
विषालु हुन्छ, बिना विषको कुनै नाग छैन
डराएको भए यहाँ पुग्ने थिएन, भोगेको छु
त्यो अभाव कोठामा चामल छैन, साग छैन
