कैलालीमा जिप पल्टिँदा ४ जना घाइते भएका छन्। शनिबार बिहान धनगढी उपमहानगरपालिका ४ पुरानो यातायात कार्यालय अगाडि सु.प.प्र.०१००१ च ३५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
प्रहरीका अनुसार अछामको मेल्लेख गाउँपालिका ८ का भरत ठकुल्ला, सोही ठाउँकी ४५ वर्षीया सरुदेवी ठकुल्ला, ३२ वर्षीया टिकाराम ठकुल्ला र ३८ वर्षीया जंगबहादुर साउँद घाइते भएका छन्।
अछामबाट बिरामी बोकेर धनगढीतर्फ आउँदै गरेको उक्त जिप आफै अनियन्त्रित भई पल्टिएको बताइएको छ ।
घाइते सबैलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको र चालक अछामको मेल्लेख ४ का २३ वर्षीय तिलक साउँदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post