महेन्द्रनगर । कञ्चनपुरमा क्रियाशील पत्रकार सुजित सिनाल सम्मानित हुनुभएको छ। द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले आफ्नो १९औँ वार्षिक उत्सव तथा साधारणसभाको अवसरमा पत्रकार सिनाललाई सम्मान गरेको हो।
संस्थाका संस्थापक अध्यक्ष सीता बोहराका अनुसार द्वन्द्वपीडित तथा एकल महिलाका हक, अधिकार र सवाललाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै उनीहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन योगदान गरेको भन्दै सिनाललाई सम्मान गरिएको हो।
संस्थाले पत्रकार सिनाललाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेको थियो।

सम्मान ग्रहण गर्दै पत्रकार सिनालले आफू विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेको बताउनुभयो। प्राप्त सम्मानले आगामी दिनमा थप जिम्मेवार र संवेदनशील भएर पत्रकारिता गर्न आफूलाई प्रेरणा मिलेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले द्वन्द्वपीडित, एकल महिला तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका सवाललाई आगामी दिनमा पनि सञ्चारमाध्यममार्फत प्राथमिकताका साथ उठाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले आफ्नो वार्षिक उत्सव तथा साधारणसभाका अवसरमा संस्थाको उद्देश्य र अभियानमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान तथा कदर गर्दै आएको जनाएको छ।











Discussion about this post