काठमाण्डौ — कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ ३ हजार २०० रुपैयाँले घटेर २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।











Discussion about this post