Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तको ‘भागेश्वर महिमा लोक गाथा’ सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ९, २०८३
९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तको ‘भागेश्वर महिमा लोक गाथा’ सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । ९७ वर्षीय पण्डित शिवदत्त पन्त ‘गर्ग’द्वारा लिखित ‘भागेश्वर महिमा लोक गाथा’ पुस्तक वेदकोट नगरपालिकामा आयोजित कार्यक्रमबीच विमोचन गरिएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–४, विव्यावती डुगरीमा जन्मनुभएका पन्त हाल कञ्चनपुरको वेदकोट नगरपालिका–६, सिसैयामा बसोबास गर्दै आउनुभएको छ।

समाजसेवी लक्ष्मीदत्त बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले पुस्तक विमोचन गर्नुभएको हो। कार्यक्रममा साहित्यप्रेमी, विद्वान्, लेखकका परिवारजन तथा स्थानीयको सहभागिता रहेको थियो।

पुस्तकमा भागेश्वर क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वसँगै विभिन्न लोकगाथा, धुमारी, धार्मिक स्थल र स्थानीय परम्परा समेटिएका छन्। भागेश्वर महिमाको इतिहास, ओल्के संक्रान्ति, रामचन्द्र धुनी, पाण्डव धुनी, कृष्ण धुनी, चैन धुमारी तथा पैकेला जोधाको इतिहासलगायतका विषय पुस्तकमा समावेश छन्।

कार्यक्रममा नगर प्रमुख बोहराले ९७ वर्षको उमेरमा पन्तले जन्मभूमिको धार्मिक तथा सांस्कृतिक इतिहासलाई पुस्तकमार्फत अभिलेखीकरण गर्नु प्रेरणादायी कार्य भएको बताउनुभयो। उहाँले यस्ता कृतिले सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र इतिहास संरक्षणमा योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

लेखकका सुपुत्र नेत्रप्रसाद पन्तले लामो समयदेखि संकलन गरिएका लोकगाथा, धुमारी, धार्मिक तथा ऐतिहासिक विषयवस्तुलाई पुस्तकका रूपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पुस्तकले भागेश्वर क्षेत्रको मौलिक संस्कृति र परम्परालाई भावी पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण दस्तावेजको भूमिका खेल्नेछ।

कार्यक्रममा सहभागीहरूले ९७ वर्षको उमेरमा पन्तले आफ्नो जन्मभूमिको इतिहास, धर्म, संस्कृति र लोकपरम्परा संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महिला कबड्डी सेमिफाइनलमा नेपाल र भारत भिड्दै
फ्ल्यास हेडिङ

महिला कबड्डी सेमिफाइनलमा नेपाल र भारत भिड्दै

अशोज ९, २०८३
भोटेकोशी विपद् र जलवायु संकटबारे प्रधानमन्त्री शाह–गुटेरेसबीच छलफल
अन्तर्राष्ट्रिय राजनीति

भोटेकोशी विपद् र जलवायु संकटबारे प्रधानमन्त्री शाह–गुटेरेसबीच छलफल

अशोज ९, २०८३
आज–भोलि भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

आज–भोलि भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट सतर्क रहन आग्रह

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तको ‘भागेश्वर महिमा लोक गाथा’ सार्वजनिक

९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तको ‘भागेश्वर महिमा लोक गाथा’ सार्वजनिक

अशोज ९, २०८३
बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने

बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने

अशोज ९, २०८३
स्थानीय तहमा स्वतन्त्र नेतृत्व : प्रभावकारिता व्यक्ति होइन, कार्यशैलीमा

स्थानीय तहमा स्वतन्त्र नेतृत्व : प्रभावकारिता व्यक्ति होइन, कार्यशैलीमा

अशोज ९, २०८३
महिला कबड्डी सेमिफाइनलमा नेपाल र भारत भिड्दै

महिला कबड्डी सेमिफाइनलमा नेपाल र भारत भिड्दै

अशोज ९, २०८३
भोटेकोशी विपद् र जलवायु संकटबारे प्रधानमन्त्री शाह–गुटेरेसबीच छलफल

भोटेकोशी विपद् र जलवायु संकटबारे प्रधानमन्त्री शाह–गुटेरेसबीच छलफल

अशोज ९, २०८३
आज–भोलि भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट सतर्क रहन आग्रह

आज–भोलि भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट सतर्क रहन आग्रह

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व