गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बलेँसीबाट खसेको पानीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले आज बिहीवार सूचना निकालेर वर्षाको समयमा ढुङ्गा तथा टिनको छानाबाट खसेको बलेँसीको पानीको उचित व्यवस्थापन नभएमा घर, टहरा जोखिममा पर्ने भएकाले बलेँसीबाट खसेको पानीको उचित व्यवस्थापन गर्न स्थानीयवासीलाई आग्रह गरेको हो ।
बलेँसीबाट निस्केको पानी अनिवार्य व्यवस्थापन गर्न र यदि व्यवस्थापन नगरेर त्यसकै कारण कुनै क्षति भएमा त्यसबापतको राहत गाउँपालिकाले उपलब्ध नगराउनेतर्फ पनि सूचनामा सचेत गराइएको छ । उज्यालो अनलाइन बाट सभार










Discussion about this post