सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाजसेवी भोजराज जोशी (क्वालिटी) ले युवाहरूलाई वितरण गरे नि.शुल्क खेलकुद सामाग्री

समाजसेवी भोज राज जोशी (क्वालिटी) ले युवाहरूलाई  नि.शुल्क खेलकुद सामाग्री वितरण गरेका छन्। उनले बैतडीको दोगडाकेदार ३ स्थित खिरेगाउँमा क्रिकेट सामाग्री र कपडामा भलिबल सामाग्री निःशुल्क वितरण गरेका हुन्। पीडितहरूलाई सहयोग गर्दै आइरहनु भएका समाजिक अभियन्ता भोज राज जोशी (क्वालिटी) पछिल्लो समय युवा लक्षित कार्यक्रमहरू गर्नुका साथै खेलकुदमा पनि एकदमै ध्यान दिइरहेका छन्।  अब पनि थुप्रै ठाउँमा खेलकुद सामाग्रीहरू वितरण गर्ने र युवा लक्षित उद्यमशीलता सम्बन्धी तालिमहरू पनि दिने उहाँले बताउनु भयो। समाजसेवी क्वालिटी स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा समेत थिए। अब  प्रत्येक टोलहरूमा स्वतन्त्र युवा क्लबहरू गठनगरी त्यहाँका युवाहरूको समस्या बुझी समाधान गर्ने प्रयास समेत गर्ने उहाँले बताउनु भयो। 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.