कञ्चनपुर । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से आज २६.१६ अंकले ओरालो लाग्दै २,६७५.४८ विन्दुमा झरेको छ।
आज म्युचुअल फन्ड बाहेक सबै समूहका सूचक घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९२ प्रतिशतले घटेको छ।
आज कुल २३९ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको मात्र बढेको छ। यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको छ।
आज बुङ्गल हाइड्रोपावरको सेयर १५ प्रतिशतले घटेको छ। समग्र बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर पनि १५ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकम पनि घटेको छ। हिजो ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३५३ कम्पनीका १ करोड ४० हजार कित्ता सेयर ४ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।









Discussion about this post