Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्थानीय तहको निर्वाचनमा मतदान अधिकृतको काम कर्तव्य र अधिकार : कलौनी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ बैशाख २७, मंगलवार ११:३८
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन सम्पन्न गर्न सबै तहका नागरिक, कर्मचारी, स्वतन्त्र उम्मेदवार एवं राजनितिक दलका उम्मेदवार, प्रतिनितिधिहरुको समान भूमिका रहन्छ । स्थानीय तह निर्वाचनमा यसपाली विभीन्न कार्यालयका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न गर्न जिम्मेवारी तोकिएको । यहि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी यसपाली धेरै जसो नयाँ कर्मचारीहरुले पनि अवसर पाउनु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले एक दिने निर्वाचन सम्बन्धि तालिम आयोजना त गर्यो तर ठूलो संख्यामा कर्मचारी एकै कोठामा राखेर सैद्धान्तिक विषय मात्र जानकार गराएकाले धेरै जसो नया कर्मचारीहरुमा अन्योलता रहेको बुझीन आएको छ तसर्थ निजहरुका लागि सहज होस भन्ने उद्देश्यले यो सन्दर्भ सामाग्री तयार पारेको छु ।सन्दर्भ सामाग्री निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ बमोजिम तयार पारिएको हो । यसको उद्देश्य मतदान अधिकृतलाई सहजता प्रदान गरेस भन्ने मात्रै रहेको छ ।

मतदान अधिकृतको काम, कर्तव्य र अधिकार : (१) ऐन, नियमावली र यस निर्देशिकामा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मतदान अधिकृतको काम, कर्तव्य हुनेछ कार देहाय बमोजिम

  • निर्वाचन अधिकृतको प्रत्यक्ष नियन्त्रण, निर्देशन तथा सुपरीवेक्षणमा रही आफूलाई तोकिएको मतदान केन्द्रमा मतदान गराउने सम्बन्धी सम्पूर्ण काम स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयमुक्त रुपमा सम्पन्न गराउने,
  • आयोगले व्यवस्था गरे वा गराएको तालिम लगायतका कार्यक्रममा सहभागी हुने,
  • आफू खटिएको मतदान केन्द्रमा खटाइएका कर्मचारीलाई कामको बाँडफाँड गरी काममा लगाउने,
  • आफू खटिएको मतदान केन्द्रमा पुग्ने कार्यक्रम निर्धारण गरी त्यस्तो मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जानकारी गराउने,
  • निर्वाचन अधिकृतले उपलब्ध गराएको मतपत्र रुजु एवं जाँच गरी बुझ्ने,
  • निर्वाचन अधिकृतबाट अख्तियारी पाए बमोजिम आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्ने,
  • सुरक्षा कर्मचारीसँग सम्पर्क र समन्वय गर्ने,
  • निर्वाचन आचार संहिता सम्बन्धमा देहायबमोजिम गर्ने :
  • निर्वाचन आचारसंहिता पालना गर्नु पर्ने कर्तव्य भएका राजनीतिक दल तथा उम्मेदवार वा निजका प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न लगाउने,
  • आवश्यकता अनुसार स्थानीय प्रशासन एवम् सुरक्षा निकाय समेतको सहयोग लिई आचार संहिता उल्लङ्घन हुन नदिने,
  • कसैले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको देखिए वा बुझिएमा त्यस्तो कार्यमा तुरुन्त रोक लगाउने,
  • निर्वाचन आचार संहिता उल्लङ्घन भएको जानकारी निर्वाचन अधिकृतको कार्यालयमा तुरुन्त दिने ।
  • निर्वाचन पर्यवेक्षणको सम्बन्धमा देहाय बमोजिम गर्ने :
  • निर्वाचनको लागि आयोगबाट पर्यवेक्षण गर्न अनुमति प्राप्त गरेका पर्यवेक्षक मतदान केन्द्रमा निर्वाचन पर्यवेक्षण गर्न आएमा आवश्यक सहयोग गर्ने, गराउने,
  • पर्यवेक्षकलाई निर्वाचनको पर्यवेक्षण गर्न दिँदा मतदान भइरहेको समयमा मतपत्र, मतदाता नामावली, स्वस्तिक छाप, छापदानी तथा मतपेटिका जस्ता मतदान सामग्री छुन वा मतदान कक्षमा प्रवेश गरी मतदाताले मतसङ्केत गरिरहेको अवस्थामा हेर्न नदिने,
  • तर मतदाताले आफ्नो मत जाहेर गरिसकेपछि मतपेटिकामा मतपत्र खसाल्दाको दृश्य भने पर्यवेक्षकलाई टाढाबाट हेर्न दिन सकिनेछ ।

 

  • निर्वाचन अधिकृतले समय समयमा दिएका निर्देशनको पालना गर्ने,

 

मतदान अधिकृतको नियुक्ति लिई मतदान केन्द्रमा गईसकेपछि गर्नुपर्ने कार्यहरुः

  • मतदान केन्द्रमा जानुपूर्व आफूले प्राप्त गरेका निर्वाचन सामाग्रीहरु पर्याप्त रहेको नरहेको जाँच गर्ने ।
  • मतदान केन्द्रमा मिति २०७९ बैशाख २७ गते पुगिसक्नु पर्ने र जति सक्दो चाँडो सर्वदलिय बैठक बोलाउने र मतदाता परिचयपत्र वितरण कार्य प्रारम्भ गर्न लगाउने ।
  • बैशाख २७ गते मतदान केन्द्रमा पुगे पछि सोहि दिन बैशाख २७ गते राती १२:०० बजे पछि लागू हुने गरी मौन अवधि हुने भएकाले देहाय बमोजिमका अनुसूचीहरुको प्रयोग गर्ने र टाँस गर्न लगाउने

अनुसूची – ३३ मतदान केन्द्रको तोकिएको सूचना प्रकाशित गरेको मुचुल्का

अनुसूची – ३४ प्रचार प्रसार गर्न निषेध गरिएको सूचना

अनुसूची – ३५ मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग नगर्ने सूचना

अनुसूची – ३६ मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना

अनुसूची – ३७ मतदान केन्द्र रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरेको सूचना

[ नोट: सूचना टाँस गर्ने अनुसूची दुई प्रति बनाउने एउटा टाँस्नका लागि आर्को एक प्रति फाईलिङ गर्न (फाईलिङ गर्ने प्रतिको पछाडी तीन व्यक्तिको हस्ताक्षर गर्ने हाम्रो रहोबरमा सूचना टाँस गरेको हो भनेर) । ]

  • सर्वदलिय बैठक बोलाई देहाय बमोजिमका ऐजेण्डाहरुमा छलफल एवं निर्णय गर्ने/गराउने
  • मतदानको दिन बैशाख ३० गते बिहान ६ बजे उम्मेदवार वा प्रतिनिधिले मतदान केन्द्रमा आइपुग्नुपर्ने
  • उम्मेदवारको प्रतिनिधि/ऐजेन्टहरुको कन्फर्म भएको सूची उपलब्ध गराउनु पर्ने
  • मतदाता परिचयपत्र वितरण गर्ने (बैशाख २९ गते ५ बजे सम्म मात्र), परिचयपत्र लिन स्वयं व्यक्ति आउनु पर्ने/ एका घरको सदस्य हुनुपर्ने
  • आँखा नदेख्ने, अशक्त र ज्येष्ठ नागरिकको हकमा सँग ल्याउन मिल्ने/नमिल्ने वा उक्त व्यक्ति एका घरको सदस्य हुनुपर्ने सो सम्बन्धी निर्वाचन आयोगको निर्देशन सम्बन्धी स्पष्ट गर्ने
  • मतदाताहरुलाऐ एक एक गरी लाईनमा लाग्न प्रतिनिधिहरुले सहयोग गर्नुपर्ने
  • अपाङ्ग, ज्येष्ठ नागरिक, गर्भवती महिला र बिरामी मतदाताको हकमा लाइन बस्न नपर्ने र पहिलो प्राथमिक्ता दिइने
  • बैशाख २९ गते मतदान अधिकृतले आफू खटिएको मतदान केन्द्रमा आफ्नो केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीसँग समेत परामर्श गरी अनुसूची-३३ बमोजिमको ढाँचामा सबैलाई सहज हुने किसिमले मतदान केन्द्रको निर्माण गर्नु पर्नेछ । मतदान केन्द्रको निर्माण गर्दा त्यस्तो केन्द्रमा देहायको व्यवस्था गर्नु पर्नेछ :
  • मत सङ्केत गर्नका लागि गोप्य कक्ष बनाउने र सो स्थानमा मतपत्रमा छाप लगाउने टेबुल राख्ने,
  • मतदान गर्ने गोप्य कक्षको छेकाबारा बाहिरपट्टि टेबुलमा मत सङ्केत गर्ने स्वस्तिक छाप तथा छापदानी राख्ने व्यवस्था मिलाउने तथा त्यसको नजिकै मतपेटिका राख्ने टेबुल राख्ने,
  • मत सङ्केत गरेपछि स्वस्तिक छाप साविकको स्थानमा ल्याएर राख्ने व्यवस्था गर्ने,
  • मतपेटिका राखेको ठाउँको नजिक मतदान केन्द्रभित्रको समग्र कार्यको निरीक्षण गर्न सक्ने गरी मतदान अधिकृत बस्ने ठाउँ बनाउने,
  • मतदान केन्द्रको बाहिरी भागमा खुल्ला ठाउँमा महिला र पुरुष मतदाताको लागि डोरी वा बाँस लगाई अलग अलग पङ्क्तिबद्ध हुन सक्ने व्यवस्था मिलाउने,
  • पङ्क्तिबद्ध भएका मतदाता मतदान कक्षमा प्रवेश गर्ने प्रवेशस्थलमा मतदाताको नाम रुजु गर्ने, महिला, पुरुष वा अन्य मतदाताको तथ्याङ्क फाराम भर्ने, औंलामा नमेटिने मसीले चिनो लगाउने र मतदातालाई मतपत्र दिने सहायक मतदान अधिकृत, कर्मचारी र स्वयंसेवक बस्ने ठाउँको व्यवस्था गर्ने,
  • मतदान केन्द्रमा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि बस्ने ठाउँको व्यवस्था गर्ने,
  • गर्भवती, अशक्त, बृद्ध, बिरामी, कृयापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्ने,
  • मतदाताको नाम रुजु गर्ने ठाउँमा र मतदान गरिसकेपछि मतदाता बाहिर निस्कने ठाउँमा सुरक्षाको प्रबन्ध गर्ने,
  • मतदान गरिसकेको व्यक्ति पुनः मतदान कक्षतर्फ फर्कन नसक्ने गरी बाहिर निस्कने व्यवस्था मिलाउने,
  • प्रत्येक मतदान केन्द्रमा मतदान गर्ने मतदाताको क्रमसङ्ख्या स्पष्ट देखिने सूचना मतदाता पङ्क्तिबद्ध हुने ठाउँमा झुण्ड्याउने वा टाँस्ने,

 

  • मतदानको दिन बैशाख ३० गते मतदान प्रारम्भ हुनुभन्दा अघि मतदान केन्द्रमा मतदान सम्बन्धी सबै व्यवस्थाको प्रबन्ध पूरा भए नभएको कुराको मतदान अधिकृतले देहाय बमोजिम निरीक्षण गर्नु पर्नेछ :
  • मत सङ्केत गर्ने गोप्य स्थान र सो स्थानमा मतपत्रमा छाप लगाउने टेबुल ठीक छ/छैन,
  • मतदान गर्ने गोप्य स्थानको छेकाबारा बाहिरपट्टि टेबुलमा मत सङ्केत गर्ने स्वस्तिक छाप तथा छापदानी राखिएको छ छैन, सो छापदानीको प्याङ माथि प्लाष्टिक वा कागजले ढाकिएको भए सो काटेर हटाएको छ/छैन र त्यस्तो प्लाष्टिक वा कागज हटाई सकेको रहेछ भने प्याडको मसी सुकेको छ/छैन,
  • मतदान गर्ने गोप्य स्थान नजिकै बाहिरपट्टि मतपेटिका राख्ने टेबुल र सोमा मतदान गर्ने मतपेटिका राखिएको छ/छैन,
  • नमेटिने मसी वा नमेटिने मसी भएको मार्कर पर्याप्त मात्रामा छ/छैन,
  • मतपेटिका राखेको ठाउँको नजिक नै मतदान अधिकृत बस्ने ठाउँ ठीक अवस्थामा छ/छैन,
  • मतदान केन्द्रको बाहिरी भागमा खुल्ला ठाउँमा महिला वा पुरुष मतदाताको लागि डोरी वा बॉस लगाई अलग अलग पङ्क्तिबद्ध हुन सक्ने व्यवस्था गरिएको छ/छैन, महिला वा पुरुष लेखिएको टाँसेको वा झुण्ड्याइएको छ/छैन,
  • मतदान गर्ने मतदाताको क्रमसङ्ख्या स्पष्ट देखिने सूचना मतदाता पङ्क्तिबद्ध हुने ठाउँमा झुण्ड्याइएको वा टाँसिएको छ/छैन,
  • पङ्क्तिबद्ध भएका मतदाता मतदान कक्षमा प्रवेश गर्ने प्रवेशस्थलमा मतदाताको नाम रुजु गर्ने, महिला, पुरुष वा अन्यको तथ्याङ्क फाराम भर्ने, औँलामा नमेटिने मसीले चिनो लगाउने र मतदातालाई मतपत्र दिने सहायक मतदान अधिकृत, कर्मचारी र स्वयंसेवक बस्ने ठाउँ ठीक अवस्थामा छ/छैन,
  • मतदान गरिसकेको व्यक्ति पुनः मतदान कक्षतर्फ फर्कन नसक्ने गरी बाहिर निस्कने व्यवस्था मिलाइएको छ/छैन,
  • मतदाताको नाम रुजु गर्ने ठाउँमा र मतदान गरिसकेपछि मतदाता बाहिर निस्कने ठाउँमा सुरक्षाको प्रबन्ध छ/छैन,
  • उम्मेदवार वा मतदान प्रतिनिधि वा निर्वाचन प्रतिनिधि बस्ने स्थान ठीक छ/छैन,
  • गर्भवती, अशक्त, वृद्ध, विरामी, कृयापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँ ठीक छ/छैन,
  • मतदान केन्द्रमा मतदान हुने निर्वाचनको लागि मतदाता नामावली ठीक छ/छैन,
  • मतदान केन्द्र भित्र कुनै उम्मेदवारको कुनै किसिमको प्रचार सामग्री भए नभएको एकिन गरी भएमा त्यस्तो प्रचार सामग्री तुरुन्त हटाउने,
  • निर्वाचन हुने पदको लागि प्रतिस्पर्धा गर्ने सबै उम्मेदवारको निर्वाचन चिन्ह भएको मतपत्र छ/छैन ।
  • मतदानको दिन बैशाख ३० गते मतदान प्रारम्भ हुनुभन्दा अघि (बिहान ७ बजे भन्दा अघि यी कार्यहरु गरिसक्नुपर्नेछ)
  • उम्मेदवार वा नीजको प्रतिनिधिको रहोबरमा रित्तो मतपेटिकाको ढकनी (बिर्को) मा रहेको मतपत्र खसाल्ने प्वाल मात्र खुला रहने गरी मतपेटिका बन्द गरी हरियो रंगको सुरक्षण सिल लगाउने र उक्त शिल को सिरियल नं. अनुसूची ३९ र पोल बुकमा उल्लेख गर्ने ।
  • स्वस्तिक छाप जाँच गर्ने: मतदान अधिकृतले मतदानको कार्य शुरु हुनु अघि उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा स्वस्तिक छाप जाँच गरी अनुसूची-४० बमोजिमको मुचुल्का तयार गर्नु पर्नेछ ।
  • मतदान हुने दिन मतदान शुरु हुनुभन्दा अघि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्रको सिलबन्दी प्याकेट खोल्नु पर्नेछ र सो प्याकेटको सिल तोडी खोलेको अनुसूची ४१ बमोजिमको मुचुल्का समेत गर्नु पर्नेछ ।
  • मतदान अधिकृतले मतदान हुने दिन निर्धारित समयमा मतदान प्रारम्भ गर्नु पर्नेछ ।मतदान प्रारम्भ हुने निर्धारित समयमा मतदान गर्न मतदाता उपस्थित भएमा वा नभएमा पनि मतदान अधिकृतले मतदान केन्द्रमा उपस्थित उम्मेदवार वा निजका निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतदान प्रारम्भ भएको भनी अनुसूची- ४२ बमोजिम उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको सहीछाप गराई आफुले समेत दस्तखत गरी मुचुल्का गराई राख्नु पर्नेछ ।
  • सिलबन्दी प्याकेट खोलिएको सम्पूर्ण मतपत्र मतदान अधिकृतले आफ्नो जिम्मामा राख्नु पर्नेछ र मतपत्रमा सही गर्नको लागि निर्देशित ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपलब्ध गराएको दस्तखत नमूना बमोजिमको आफ्नो दस्तखत गर्नु पर्नेछ ।तर सबै मतपत्रमा एकै पटक दस्तखत नगरी आवश्यकता अनुसार गर्दै जानु पर्नेछ ।
  • मतदान शुरु हुनेबित्तिकै मतदान अधिकृतले खटाएको स्वयंसेवक मध्येबाट एक जनालाई अनुसूची -४३ बमोजिम महिला पुरुष अन्य मतदाताको मतपत्र खसेको तथ्याङ्क फाराम भर्न लगाउने र उक्त कार्यको प्रत्येक घण्टामा निरीक्षण गरी आफ्नो पोलबुकमा जनाउने ।

बैशाख ३० गते बिहान मतदान प्रारम्भ हुनुपूर्व प्रयोगमा आउने अनुसूचीहरु

अनुसूची – ३९ रित्तो मतपेटिका सुरक्षण सिल लगाएको मुचुल्का

अनुसूची – ४० स्वस्तिक छाप जाँच गरेको मुचुल्का

अनुसूची – ४१ मतपत्रको शिलबन्दी प्याकेट खोलेको मुचुल्का

अनुसूची – ४२ मतदान प्रारम्भ भएको मुचुल्का

अनुसूची – ४३ महिला पुरुष अन्य मतदाताको मतपत्र खसेको तथ्याङ्क फाराम

  • मतदानको दिन आवश्यक्ता अनुसार ५ बज्न १५ मिनेट अगावै मतदान गर्न बाँकी रहेका मतदातालाई समय समाप्त हुन लागेको सूचित गराउने र साँझ ५ बजे प्रवेशद्वार बन्द गर्ने तर लाइन लागेका मतदाताहरुलाई मतदान गर्न दिनुपर्दछ ।
  • मतदान समाप्त भएपश्चात मतदान अधिकृतले देहाय बमोजिमका अनुसूचीहरु तयार गर्नुपर्नेछ

बैशाख ३० गते साँझ ५:०० बजे मतदान समाप्त भएपश्चात प्रयोगमा आउने अनुसूचीहरु

अनुसूची – ४५ मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बन्द गरेको मुचुल्का

अनुसूची – ४६ मतपत्रको फाँटवारी

अनुसूची – ४७ मतपत्र तथा अन्य कागजात खामबन्द गरिएको मुचुल्का

अनुसूची – ५१ मतदान सामाग्री बुझेर दिने भरपाई  (दुई प्रति बनाई राख्ने)

[ नोट: अनुसूची – ४३ , अनुसूची – ५१ र पोलबुक सिलबन्दि नगर्ने बाँकी सबै अनुसूची शिलबन्दी गर्ने । ]

  • मतदान समाप्त भएपश्चात अनुसूची ४३ तथ्यांक फारम, अनुसूची ५१ भर्पाई र पोलबुक आफूसँग राखी अन्य सम्पूर्ण अनुसूची सामाग्री शिलबन्दी गर्ने र सुरक्षित साथ मतपेटिका शिलबन्दी र आफूसवग राखेका अनुसूची लगायत पोलबुक सम्बन्धित निर्वाचन अधिकृथको कार्यालयमा बुझाउने ।
  • मतदानका दिन मतदान अधिकृतले गरेका हरेक कार्यको फेरिसत उतार पोलबुकमा गर्नुपर्दछ । पोलबुकमा लेख्न केहि नछुटाउनु होला ।
  • स्थानीय तह निर्वाचन निर्देशिका, 2078_final
सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा
विचार/ब्लग

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा

२०७९ बैशाख २७, मंगलवार ११:३८
सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र
विचार/ब्लग

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र

२०७९ बैशाख २७, मंगलवार ११:३८
लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर
विचार/ब्लग

लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर

२०७९ बैशाख २७, मंगलवार ११:३८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ बैशाख २७, मंगलवार ११:३८
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ बैशाख २७, मंगलवार ११:३८
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ बैशाख २७, मंगलवार ११:३८
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ बैशाख २७, मंगलवार ११:३८
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ बैशाख २७, मंगलवार ११:३८
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ बैशाख २७, मंगलवार ११:३८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व