

मैले पढेका दर्शनले सारा संसारका कुरा गर्छन्
नीति, सिद्धान्त, उद्देश्य र विचारका कुरा गर्छन्
कुन दर्शन पढछन्, कुन्नी मेरो राष्ट्रका नेताहरू
जसले सदैव आफन्त र परिवारका कुरा गर्छन्


लोकतन्त्र भन्दै सामन्तहरू तर्साइ रहेका छन्
बेला बेलामा अनौठा चमत्कारका कुरा गर्छन्

सय रुपैयाँ कसरी कमाउने भन्ने योजना छैन
भाषणमा त सधैं लाख, हजारका कुरा गर्छन्
खुलेआम बजारमा व्यापार चल्दै छ थाहा छ
फेरि अझ ती सम्बन्धका प्यारका कुरा गर्छन्
