

नेपाल निजामती कर्मचारी संगठनले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा कर्मचारी खटाउने विषयलाई लिएर कर्मचारी संगठनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
शुक्रबार कर्मचारी संगठनले मुख्यमन्त्री कार्यालयमा ध्यानकर्षण पत्र बुझाएको अध्यक्ष मान बहादुर चन्दले बताए ।


अध्यक्ष चन्दका अनुसार प्रदेश र पालिकाका कर्मचारीलाई खटाउने र नामावली हेरफेरमा गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

स्थानीय तहका कर्मचारीलाई खटनपटनमा विभेद भएको भन्दै पायक पर्ने ठाँउमा खटाउन माग अघि सारिएको छ ।
