

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–१ का ३६ वर्षीय प्रेमकुमार कठरीयाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्लाको शिखर नगरपालिका–१ मा से १ त ९२६४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ट्याक्टरमा सवार शिखर–२ की २२ वर्षीया कलावती बोगटी घाइते भएकी र उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार
