सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, दिवसको अवसरमा आज सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइदैछ । यो दिवसले विश्वभरीका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । त्यसकारण पनि यो दिवसले निरन्तरता पाएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
२००७ सालको राणा शासनविरुद्ध, २०४६ सालको प्रजातन्त्र प्राप्ति तथा २०६२÷६३ सालको गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ । आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधानमा श्रम–एजेन्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा हरेक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।

Sana Kishan

संविधानमा श्रम अभ्यास र श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ । बालश्रम, बाधा श्रम निषेध भएको छ । विभिन्न जातीय, लैङ्गिक, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ ।

औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ । तर, श्रमिकको हक अधिकारका विषय संविधानमा लेखिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ ।
दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । श्रमिक दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.