सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नाफा नोक्सानको हिसाब गर्ने बानी भएन

नाफा नोक्सानको हिसाब गर्ने बानी भएन
सोचिन्छ, यस्तै हो आफूसँग लगानी भएन

संघर्ष गरियो, गर्दैछु, निरन्तर गर्नुपर्ने होला
लाभ भएन, खुसी छु, कुनै नोक्सानी भएन

कहाँ अल्झियो थाहा छैन तर अल्झेको छ
मैले बुझ्ने गरी लेखिएन कुनै कहानी भएन

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कर्मशील मान्छे हूँ स्वाभिमान बेचेर बस्दिन
मलाई त्यति मतलब हुँदैन, आम्दानी भएन

Dirghayu Ads

कसैले आदर्श मान्ने छन्, मलाई विश्वास छ
कतिलाई चिन्ता होला, किन खरानी भएन

मेहनत गरेको खेती फलेन, कोहिबात छैन
यस्तै हो, कतै मल भएन, कतै पानी भएन

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.