सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरमा बसको ठक्करले सइ पत्नीको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालय नजिक सडकमा वसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

शान्ति निकेतन विद्यालय नजिक हल्दुखाल जाने सडकमा बसले ठक्करले भीमदत्त नगरपालिका ७ की ४२ वर्षिया मन्जुदेवी बुडालको मृत्यु भएको हो । उनी ब्रह्मदेब सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब उपरीक्षक(सइ) देब सिह बुडालको धर्मपत्नि हुन् ।

ना ४ ख ४४६६ नम्बरको बसले ठक्कर दिएकी उनको घट्नास्थलमै मृत्यु भएको हो । वसपार्कबाट गड्डाचौकी गई बसले समान दिशा साइकल चलाइ रहेकी बडुवाललाई ठक्कर दिएको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बडुवालको मृत्युपछि स्थानीय आक्रोशित भएर टायर बालेका छन् । उनीहरुले टायर निभाउन गएको भीमदत्त नगरपालिकाको दमकलमा समेत प्रहार गरेका छन् ।

Dirghayu Ads

जिल्ला प्रहरी कार्यालय,वडा प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घट्नास्थल खटिएको छ । दुर्घटना लगत्तै ट्राफिक इन्चार्ज केशवराज भट्ट घट्नास्थल पुगेका थिए ।

गड्डाचौकीबाट पूर्णागिरी माताका दर्शनार्थी ओसार्न गएको वसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वस चालक फरार भएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.