Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

प्रकाश भट्ट by प्रकाश भट्ट
असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर जिल्ला फुटबल संघले सुदूरपश्चिमका विभिन्न जिल्लाका युवाहरूलाई एन्फा कम्युनिटी कोर्षको प्रशिक्षण दिएको छ। संघले सुदूरपश्चिम प्रदेशका बाजुरा, डोटी, कैलाली र कञ्चनपुरका गरी ४३ जना युवाहरूलाई प्रशिक्षक प्रशिक्षण प्रदान गरेको हो।

असार १ गतेदेखि ४ गतेसम्म चलेको प्रशिक्षणमा एन्फा अन्तर्गतका कोचिङ सम्बन्धी आधारभूत ज्ञान र सीप सिकाइएको थियो। प्रशिक्षण पाएसँगै सुदूरपश्चिम क्षेत्रमा फुटबल खेलको विकासका लागि थप ४३ जना युवा प्रशिक्षक तयार भएका छन्।

प्रशिक्षण तालिमको समापनमा बोल्दै प्रमुख अतिथि एवम् चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बुले युवाहरूलाई अनुशासित, मर्यादित र दक्ष बनाउन खेलकुद सबैभन्दा बलियो माध्यम भएको बताउनुभयो। उहाँले सुदूरपश्चिमको पहिचान र प्रतिष्ठा जोगाउन मैदानमा प्राविधिक रूपमा सबल जनशक्ति आवश्यक रहेको बताउँदै खेलकुद क्षेत्रको संस्थागत विकास र दिगो प्रवर्द्धनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले कञ्चनपुरमा पहिलो पटक यस्तो प्रशिक्षण आयोजना गरिएको बताउनुभयो। यसले सुदूरपश्चिमको फुटबल क्षेत्रमा दक्ष र प्राविधिक रूपमा सक्षम प्रशिक्षक उत्पादन गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि फुटबल खेलको विकास र प्रवर्द्धनका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

त्यस्तै सुदूरपश्चिम प्रदेश फुटबल संघका उपाध्यक्ष तेजबहादुर चन्दले नयाँ उत्पादन भएका प्रशिक्षकहरूले अब ग्रामीण तहसम्म पुगेर ‘ग्रासरुट’ देखि नै नयाँ खेलाडी पहिचान र उत्पादनमा लाग्नुपर्ने बताउनुभयो। उहाँले सुदूरपश्चिममा फुटबलको प्रचुर सम्भावना रहेकाले यहाँको खेल क्षेत्रलाई व्यावसायिक बनाउन नवउत्पादित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

एन्फाका प्रशिक्षक सञ्जित सिंहले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो। तालिमको समापनमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। सहभागीहरूले यस प्रशिक्षणबाट फुटबल प्रशिक्षकका रूपमा आवश्यक आधारभूत ज्ञान, सीप तथा नेतृत्व क्षमता विकास गर्न ठूलो सहयोग पुगेको बताएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार
Uncategorized

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार

अशोज २३, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र
Uncategorized

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने
Uncategorized

बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३
प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

अशोज २६, २०८३
एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

अशोज २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व