सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बोक्रासहित स्याउ खानुका यी हुन् फाइदा !!

बाह्रै महिना बजारमा पाइने स्याउ स्वास्थ्यका लागि फाइदाजनक छ । फाइबरयुक्त स्याउमा भरपूर फाइब्रोन्युट्रिएन्ट पाइन्छ, जुन हृदयका लागि फाइदाजनक मानिन्छ । स्याउमा एन्टि–अक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुती प्रदान गर्नुका साथै टुट्नबाट समेत बचाउँछ।

स्याउले शरीरमा कोलेस्टेरोलको मात्रा घटाउनुका साथै सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । शरीरमा रक्तप्रवाहलाई यथावत राख्न पनि स्याउको सेवन उपयोगी मानिन्छ।

स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस छिल्कासहित खान रुचाउँछन् भने केही छिल्का झिकेर खान रुचाउँछन् ।

World Link Ads
Mahakali Polytechnic

छिल्का निकाल्दा स्याउमा पाइने सबै पोषणतत्व त्यससँगै निस्केर जान्छ । जबकि, स्याउलाई ब्रोकासहित खानाले यसमा भएका सम्पूर्ण तत्वले कैयौं प्रकारका रोगबाट बचाऊ गर्छ र स्वादिलो पनि हुन्छ ।

शरीरमा पु¥याउने फाइदा

ब्लड सुगर

मधुमेहका विरामीका लागि स्याउ निकै फाइदाजनक मानिन्छ । त्यसमा पनि स्याउको ब्रोका मधुमेहका लागि अझ फाइदाजनक छ । यसले सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

ब्रेन सेल

Sana Kishan

छिल्कासहितको स्याउको सेवनले दिमाग तेजिलो हुन्छ । साथै, छिल्लासहितको स्याउको सेवनले मस्तिष्कको कोषिका –ब्रेन सेल)लाई स्वस्थ राख्न सघाउ पु¥याउँछ ।

मोतियाविन्दु

छिल्कासहितको स्याउको सेवनले आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ । आँखासम्बन्धि अन्य रोग पनि लाग्न दिँदैन ।

पित्तथैलीको पत्थरी

छिल्लासहितको फाइबरयुक्त स्याउको सेवनले पित्तथैलीमा जमेर बसेको कोलेस्टेरोललाई बाहिर निकाल्न मद्दत गर्छ, जसले गर्दा पित्तथैलीमा पत्थरी हुन पाउँदैन ।

दाँतको सडन

दाँतको पहेंलोपना हटाउन तथा दाँतलाई स्वस्थ राख्न स्याउ निकै उपयोगी मानिन्छ । स्याउमा टुथपेस्टको गुण हुने भएकाले यसलाई चपाएर खानाले दाँतमा अड्किएको जिद्दी दागबाट समेत छुटकारा पाउन सकिन्छ । यस्तै, छिल्कासहित स्याउको सेवनले दातमा क्याभिटी हुनबाट बचाउँछ । त्यसबाहेक गर्भावस्थामा रगतको कमि हुन पाउँदैन ।

क्यान्सर

फाइबर, क्याल्सियम, एन्टि–अक्सिडेन्ट तथा प्लेबिनाइड तथा फाइटोकेमिकल्सले युक्त स्याउको छिल्काले मोटोपना कम गर्नुको साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ । अमेरिकन इन्स्िटच्युट अफ क्यान्सरको अध्ययनअनुसार दैनिक एउटा स्याउको सेवनले स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशतसम्म रोक्न सकिन्छ । नयाँ पुस्ता बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.