सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाँच्छु भनेर नि खबर गर्न चर सम्म पाउने छैन

बाँच्छु भनेर नि खबर गर्न चर सम्म पाउने छैन
दिन यस्तो आउला मर्न जहर सम्म पाउने छैन

 

मदहोसी यतिसम्म होला भन्ने सोचको थिएन
सौदा इमानको हुँदा ऊ खबर सम्म पाउने छैन

 

तिम्रो समाजवाद यस्तो हुन्छ भन्ने थाहा थिएन
स्वाभिमान बोकेर त बस्ने घर सम्म पाउने छैन

World Link Ads
Mahakali Polytechnic

तर जीवनभरिको उपलब्धि शिरमै राखेको छु
दुष्ट नयनहरू त हेर्ने अवसर सम्म पाउने छैन।

Sana Kishan

सम्झिन्छन् सायद बुढाहरू घडी(घडी खान्छन्
युवाहरू सोच्द हुन यो उमेरमा त छडी खान्छन्

कोहि मान्छे सामल दिएर पनि खान पाउदैनन्
केही मान्छेहरू ढुङ्गा पकाएर खिचडी खान्छन्

चेतनाको कुरा हो कसैले मिलेर मासु खान्छन्
कोही कोही त झगडा गरेर पनि हड्डी खान्छन्

मेरो जीवनदर्शन, मैले बुझेको केवल यत्ति हो
हो सर्वहारा वर्ग जीवनभर लडी लडी खान्छन्

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.