

लैजाऊ राष्ट्रियता एकथान बिक्रीमा छ।
सक्छौ लगाऊ मूल्य इमान बिक्रीमा छ।


सौदा मिलोस न मात्रै पर्खि रहेछ मान्छे,
कुरा नगर्नु देशको संविधान बिक्रीमा छ।

आँखा जुधाऊ हेर्न सक्छौ भने मलाई खोला
सबै सकायौ मैदान बिक्रीमा छ। भो नेत्र खोल शंकर
यी भस्म पार्नुपर्छ बेची सके नि सारा श्मशान बिक्रीमा छ।
मेरो सड्किन्छ बुद्धि तिम्रो कुबुद्धीदेखि
विद्वान हूँ नभन्नू, सारा ज्ञान बिक्रीमा छ।
