साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा पुनः सुनको भाउ उकालो लागेको छ ।
बुधबार एकै दिन १६०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार भने प्रतितोला १००० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य बढेको छ । आज तेजावी सुन प्रतितोला रु ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post