काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत सफ्ट टेनिसको पुरुषतर्फ नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित भएको छ।
मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडी दक्षिण कोरियाका ह्युङयोन लि र जेक्यु पार्कको जोडीसँग ५–० ले पराजित भयो।
मेन्स सिंगल्समा ब्रिजेश पाण्डे किम जिनयोङसँग ४–० ले पराजित भए। ब्रिजेशले क्रमशः ४–२, ४–०, ४–१ र ४–३ को सेटमा खेल गुमाए।
अर्को मेन्स डबल्समा नेपालले बाइ पाएपछि दक्षिण कोरियाले ३–० को सोझो जित हात पार्यो।
यसैबीच, नेपाली महिला भलिबल टोलीले समूह चरणका दुवै खेल गुमाइसकेको छ। २०औँ एसियाडको औपचारिक उद्घाटन भोलि हुँदैछ। नेपालबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।










Discussion about this post