काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपेली संघ (ईयू) को पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्ताव अघि बढे ईयूका सामानमा थप कडा भन्सार लगाउन सक्ने चेतावनी दिएका छन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले क्यानडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि सारेपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। ट्रम्पले प्रस्तावलाई ‘हास्यास्पद’ भन्दै ईयूसँगको व्यापारमा गम्भीर कदम चाल्न सक्ने बताएका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने ईयूसँग सहकार्य विस्तार गर्ने प्रस्तावप्रति समर्थन जनाएका छन्। उनले महत्वपूर्ण खनिज, रक्षा, कृत्रिम बुद्धिमत्ता, डिजिटल व्यापार र ऊर्जा सुरक्षालगायत क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताएका छन्।
युरोपेली आयोगले क्यानडा–ईयू सहकार्य कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको स्पष्ट पारेको छ।










Discussion about this post