Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल सरकारको समेत लगानी रहेको इमर्जिङ्ग नेपालको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २६, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इमर्जिङ्ग नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आजबाट खुलेको छ ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रूपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

इमर्जिङ नेपाल लिमिटेड सार्वजनिक निजी साझेदार कम्पनीको रुपमा प्रचलित कानून बमोजिम २०७२ साउन ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भै २०७२ चैत २६ गतेदेखि कम्पनी ऐन, २०६३ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर काठमाडौंमा रहेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको समेत लगानी रहेको यस कम्पनीले पूर्वाधारको निर्माण तथा विकास (इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट) निर्माण सम्बन्धी कार्य गर्दै आइरेहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन गरेर संकलन भएको ५ करोड ५५ लाख ६० हजार रूपैयाँमध्ये आर्थिक पुर्वाधारको क्षेत्रमा २ करोड रुपैयाँ, उर्जा क्षेत्रमा ३ करोड रुपैयाँ र कम्पनीको उद्देश्य अनुसार विविध क्षेत्रमा ५५ लाख ६० हजार रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्ने र कम्पनीले हाल गरिरहेको कारोबारको क्षेत्र विस्तार गरी सर्वसाधारण जनताहरुलाई समेत यस कम्पनीले आफ्नो उद्देश्य अनुरुपको कार्य सम्पादन गर्नको लागि सर्वसाधारणहरुलाई सहभागी गराउन आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ ।

यसअघि हिजोसम्म आवेदन दिने अन्तिम दिन रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा सर्वसाधारणबाट २७ लाख ६ हजार ७६७ वटा आवेदन परेको हो । यो संख्या आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो । उपहार खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनचाँदीको भाउ सामान्य घट्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र
अर्थ/ब्यापार

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व