साताको चौँथो दिन अर्थात आज (बुधबार) पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post