सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

शेयर बजार साढे १४ अङ्कले घट्यो

99
Sana Kishan

शेयर बजार परिसूचक नेप्से आज बिहीवार साढे १४ अङ्कले घटेको छ । नेप्से आज १४ दशमलव ५८ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै एक सय ७३ अङ्कले घटेको छ ।

Arus
Karnali Traders

आज नेप्से घटे पनि कारोबार सङ्ख्या र रकम भने बढेको छ । आज एक करोड ५७ लाख ८० हजार कित्ता शेयर आठ अर्ब ६१ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ८२ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भयो ।

Nepali Khaja

आज आरएमडीसी लघुवित्तको शेयर साढे तीन प्रतिशत र पोखरा फाइनान्सको शेयर तीन प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि विन नेपाल लघुवित्तको शेयर १० प्रतिशत र बुद्धभूमि हाइड्रोको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  51  =  57