साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ आज मंगलबार भने तोलामा १०० रुपैयाँलेको बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा नै कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post