सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लामा एकै दिन दुई जना मृत अबस्थामा फेला

अत्तरिया – कैलालीमा एकै दिन दुई जना मृत अबस्थामा फेला परेका छन् ।

जिल्लाका छुट्टा छुट्टै स्थानमा एक पुरुष र एक बृद्धा मृत फेला परेका हुन् । धनगढी उपमहानगरपालिका २ ट्राफिक चोकस्थित जयलक्ष्मी होटेलमा एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ३८ वर्षीय देव धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जेशीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले सेल्फास नामक विषादी सेवन गरेको र उनको नोभा अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकामा हिजो राति मृत्यु भएको प्रवक्ता जोशीले बताए । यस्तै टीकापुर नगरपालिका–६ डाँडाबोझीका ६२ वर्षीय गौरी डँगौरा थारु झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

Dirghayu Ads

प्रहरी प्रवक्ता डिएसपी जोशीका अनुसार उनी घर पछाडिको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । दुवै घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.