सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१ सय ५ अङ्कले बढेको शेयर बजारमा हरियाली

हप्ताको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेर हरियो भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक सय पाँच दशमलव ५५ अङ्कले बढेर दुई हजार आठ सय ८५ दशमलव ५३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ३१ कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आज विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दुई सय ३१ मध्ये ११ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।

Dirghayu Ads

हिजो शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको सकारात्मक खबरले शेयर बजार बढेको हुन सक्ने विश्लेषकहरूले बताएका छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.