Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तयार भयो गौतमबुद्ध विमानस्थल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १४, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ। पेटी ठेकेदारसँगको विवाद, भूकम्प, मधेस आन्दोलन र निर्माणसामग्रीे अभावका बाबजुत निर्माण सकिएको हो।

‘फिनिसिङका छिटफुट काम भइरहेका छन्’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘केही समयमै उडान सुचारु हुने अपेक्षा छ।’ जडान गरिएका उपकरणको प्राविधिक जाँच भइरहेको उनले बताए। २०७९ जेठ २ गते बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारीका साथ काम भइरहेको विमानस्थल स्रोतले जनाएको छ।विमानस्थल सञ्चालनअघि सञ्चार उपकरण परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ। जसबाट जडान गरिएका उपकरणहरू ठिक भए, नभएको बारे रिपोर्ट आउँछ। क्यालिब्रेसन उडानको अन्तिम तयारी भइरहेको आयोजना प्रमुख अधिकारीले बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा मान्यता प्राप्त गराउन क्यालिब्रेसन उडान पहिलो पाइला हो। जसको तयारी गरिरहेका छौं,’ उनले भने।

विमानस्थल सञ्चालनका लागि सय दिने योजना बनाएर ‘मिसन भैरहवा’ अभियान नै चलाइएको छ। माघ १२ देखि सुरु अभियानअन्तर्गत फागुन १० मा क्यालिब्रेसन उडान गर्ने गृहकार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त डीजी प्रेमनाथ ठाकुरले बताए। बुद्ध जयन्ती शुभ दिन भएकाले सोही दिन उडान सुचारु गर्ने योजना बनाइएको उनको भनाइ छ।

क्यालिब्रेसन उडान योजनाअन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान सुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण हुनेछ। यसैगरी विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमनलगायतलाई विमानस्थलमा अपरेसनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउन्ड ह्यान्डेलिङ, फुड क्याटिरिङ, कार्गो एजेन्सीलगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने, क्यानलगायतबाट मानव संंसाधनको परिचालन गर्ने बताइएको छ। आईसीबी टु ठेक्का पाएको एरो थाई कम्पनीको टोली विमानस्थलमा आइपुगेका छन्। जडान गरिएका सञ्चार उपकरणको प्राविधिक जाँच गरिरहेको आईसीबी टु योजना प्रमुख प्रदीप न्यौपानेले बताए।

‘भैरहवा विमानस्थलमा क्यालिब्रेसन उडानका लागि अन्तिम चरणमा पुगेका छौं’ उनले भने, ‘फेब्रुअरी (फागुन) महिनाभित्र उडान सुरु गर्छौं।’ सञ्चार उपकरण ठिक रहेको अवस्था रहेमा क्यालिब्रेसन उडान सुरु गर्ने प्राधिकरणका निमित्त डीजी ठाकुरले बताए। ‘विमानस्थलमा महिनौंअघि जडान गरिएका सञ्चार उपकरण छन्। केही बिग्रिएको पनि हुन सक्छन्,’ ठाकुरले भने, ‘अहिले त्यसैको परीक्षण (ग्राउन्ड टेस्ट) भइरहेको छ।’ सलमान खानले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल
देश/राष्ट्रिय

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र
देश/राष्ट्रिय

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

अशोज ७, २०८३
सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दक्षिण कोरियाबाट विदाइ भए जितेन्द्र सिंह महता

दक्षिण कोरियाबाट विदाइ भए जितेन्द्र सिंह महता

अशोज ११, २०८३
१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

अशोज ११, २०८३
सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

अशोज ११, २०८३
विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

अशोज ११, २०८३
पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व