दक्षिण कोरिया । सुदूरपश्चिम प्रदेश समाज दक्षिण कोरियाले समाजसेवी तथा सामाजिक अभियन्ता जितेन्द्र सिंह महतालाई सम्मानसहित विदाइ गरेको छ।
दक्षिण कोरियामा आयोजित सम्मान तथा विदाइ भेटघाट कार्यक्रममा सुदूरपश्चिम प्रदेश समाजका पदाधिकारी, विभिन्न सामाजिक तथा राजनीतिक संघसंस्थाका प्रतिनिधि, अभियन्ता तथा सुदूरपश्चिमवासीहरूको सहभागिता रहेको थियो।
सुदूरपश्चिम प्रदेश समाजका अध्यक्ष ओम साउदको अध्यक्षतामा भएको कार्यक्रममा इजरायलका लागि नेपालका पूर्वराजदूत धनप्रसाद पण्डित प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा एनसीसी संरक्षक लोचन राई, एनसीसी अध्यक्ष हर्क बिष्ट, समाजका प्रमुख संरक्षक डा. अग्नीराज कोइराला, संरक्षक डा. ईश्वर धामी, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष शुभराज बम्जन, नेपाली जनसम्पर्क समिति कोरियाका उपसभापति खेमराज देवकोटालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यस्तै नेपाली जनसम्पर्क समिति कोरियाका महामन्त्री रविप्रताप घिसिङ, पूर्वी नेपालका अध्यक्ष केदार निरौला, सल्लाहकार विजय लामा, क्षेत्रीय सभापति बुद्ध लामा, समाजका निवर्तमान अध्यक्ष महेश भट्ट, पूर्व अध्यक्ष एवं निवर्तमान संरक्षक लालबहादुर साउद, पूर्व अध्यक्ष दिलबहादुर मडै, गजलकार कमल संघर्षलगायतको सहभागिता रहेको थियो।
विदाइ कार्यक्रममा महतालाई दक्षिण कोरियामा रहँदा सामाजिक क्षेत्रमा पुर्याएको योगदान तथा समुदायसँगको आत्मीय सम्बन्धका लागि सम्मान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले उनको आगामी यात्रा सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए।

विदाइपछि महताले आफूलाई दिइएको माया, सम्मान र आत्मीयताले भावुक बनाएको बताएका छन्। उनले दक्षिण कोरियामा बिताएका वर्षहरूमा आर्थिक उपलब्धिभन्दा महत्वपूर्ण रूपमा माया, विश्वास र आत्मीय सम्बन्ध आर्जन गरेको उल्लेख गरेका छन्।
“कोरियामा बिताएका यी वर्षहरूमा मैले अर्थभन्दा पर धेरै कुरा कमाएँ। त्यसभन्दा ठूलो कुरा यहाँहरूको माया, विश्वास र आत्मीय सम्बन्ध कमाएँ,” महताले भनेका छन्।
महताले विदाइलाई अन्त्य नभई नयाँ यात्राको सुरुवातका रूपमा लिएको बताएका छन्। भौगोलिक दूरीले सम्बन्ध टाढा बनाए पनि मनको सम्बन्ध भने सधैँ उस्तै रहने उनको भनाइ छ।
उनले सुदूरपश्चिम प्रदेश समाज तथा कोरियाली नेपाली समुदायसँगको सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताउँदै आफूले प्राप्त गरेको माया र विश्वासलाई समाज तथा राष्ट्रका लागि सकारात्मक काममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा उपस्थित सम्पूर्ण अग्रज, अनुज, सामाजिक तथा राजनीतिक अभियन्ता, सुदूरपश्चिमवासी तथा शिवनाथ गाउँपालिकावासीप्रति महताले आभार व्यक्त गरेका छन्।











Discussion about this post