काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको थियो।











Discussion about this post